
कपिलवस्तु । वैवाहिक करणीको आरोपमा न्यायपरिषदमा कार्यरत न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । न्ययाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माग गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
न्यायाधीश गिरीविरुद्ध उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको मुद्दा हालेकी छन् ।