काठमाडौं । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र दिल्ली कार्यालयमा जगेडाका रूपमा जहाजकाे पांग्रा राख्न निर्देशन दिएको छ ।
उडानका क्रममा पटक पटक जहाजको पांग्रा पन्चर भएपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आइतबार दुई स्थानमा जगेडाका रुपमा पांग्रा राख्न निर्देशन दिएका हुन ।
बिहीबार भारतको नयाँ दिल्लीमा पांग्रा पन्चर हुँद्या २६ घण्टासम्म जहाज ग्राउण्डेड भएको थियो । लामो समयदेखि विदेशमा पांग्रा अभावका कारण जहाज रोकिएको भन्दै अध्यक्ष अधिकारीले जगेडामा राख्न निर्देशन दिएका हुन ।
उक्त जहाज शुक्रबार दिउँसो कतार एयरवेजको पांग्रा सापटीमा राखेर काठमाडौं आएको थियो ।