काठमाडौं । नेपाल वायुसेवा निगमको प्रवक्ताको जिम्मेवारी रमेश पौडेलले पाएका छन् । निगमको कर्मशियल विभागमा कार्यरत पौडेललाई आइतबारदेखि लागु हुने गरी प्रवक्ताको जिम्मेवारी दिईएको हो ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अर्चना खड्काको जिम्मेवारी खोस्दै पौडेललाई प्रवक्ताको जिम्मा दिएका हुन ।
शनिबार साँझ काठमाडौं–दुबई उडानका विषयलाई लिएर अध्यक्ष अधिकारीले खड्कालाई जिम्मेवारीबाट हटाएको निगमका अधिकारीहरु बताउँछन् । शनिबारको घटना मिडियामा सार्वजनिक गरेको भन्दै प्रवक्ता परिवर्तन गरिएको बुझिएको उनिहरु बताउँछन् ।