टावर मर्मतको लागि चैत २२ गते मनकामना केबुलकार बन्द रहने

<p>काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि चैत २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो । जसअनुसार केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । उक्त [&hellip;]</p>

काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि चैत २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो ।

जसअनुसार केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।

उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।

कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नत्ति गरेको छ ।

Share News