सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण

<p>काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण गरेको छ । सिद्धार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम ५५ रुपैयाँलाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी आज अस्पताललाई हस्तान्तरण गरेको छ । नारायणी [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण गरेको छ ।

सिद्धार्थ बैंकले वीरगञ्ज स्थित नारायणी अस्पतालमा डायलाइसिस भवन निर्माण गर्न २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम ५५ रुपैयाँलाख लागतमा उक्त डायलाइसिस भवनको प्रवलीकरण तथा निर्माण सम्पन्न गरी आज अस्पताललाई हस्तान्तरण गरेको छ ।

नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष श्री मनोज कुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरका हुन् ।

उक्त कार्यक्रममा वीरगञ्ज क्षेत्रका बरिष्ठ उद्योगपति एवं समाजसेवीहरु र बैकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख प्रविन ढुङ्गेल लगायत अन्य प्रतिनिधिहरु तथा राउण्ड टेबल नेपाल र अस्पतालका प्रतिनिधीहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. चित्रन्जन साहले सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखि देशको एक जिम्मेवार संस्थाको रुपमा विभिन्न सामाजिक कार्यहरूमा सधैँ अग्रसर रहदै आईरहेको बारेमा चर्चा गर्दै बैंकबाट प्राप्त उक्त सहयोगले विरामीहरुलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मद्दत पुग्ने कुरा पनि व्यक्त गरेका थिए ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

Share News