सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<p>काठमाडौं । सानिमा बैंकले ग्लोबल मनी विक २०२३ अभियान अन्तर्गत देशैभरीका शाखाहरूबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत्र ६ गतेदेखि १२ गतेसम्म उक्त कार्यक्रम गरेको हो । उक्त अवसरमा बैंकका कर्मचारीहरूलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो । वित्तीय साक्षरता [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले ग्लोबल मनी विक २०२३ अभियान अन्तर्गत देशैभरीका शाखाहरूबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले चैत्र ६ गतेदेखि १२ गतेसम्म उक्त कार्यक्रम गरेको हो ।

उक्त अवसरमा बैंकका कर्मचारीहरूलाई तीन दिने भर्चुअल तालिमको व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको थियो ।

वित्तीय साक्षरता अन्तर्गत देश भरिका शाखाहरूमार्फत छनौट गरिएका स्कुल तथा कलेजहरूमा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिएको हो ।

साथै, बैंकले ग्लोबल मनी विक २०२३ को ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ सम्बन्धित विषयवस्तुमा केन्द्रित भई युवाहरूमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले विगतका वर्षहरूदेखि देशका सातै प्रदेशहरूमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरूमार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा १३० कार्यालयहरू र १२३ एटिएम सञ्जालहरू सञ्चालनमा छन् ।

Share News