सनराइज बैंकले गर्‍यो १०० वटा वित्तीय साक्षरता कार्यक्रम

<p>काठमाडौं । सनराइज बैंकले १०० वटा वित्तीय साक्षरता कार्यक्रम &#8216;ग्लोबल मनी&#8217; विक मनाएको छ । सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले १०० वटा वित्तीय साक्षरता कार्यक्रम ‘ग्लोबल मनी’ विक मनाएको छ ।

सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ ।

बैंकले ग्लोबल मनी विकको यस वर्षको नारा ‘प्लान योर मनी, प्लान योर फ्युचर’ लाई अगाडि राखी बैकिङ्ग सेवा र देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटिएम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News