सरकारको गलत नीतिले सबै उद्योग व्यवसायीलाई पीडित बनायो : अन्जन श्रेष्ठ

<p>धनगढी । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले राज्यको गलत नीतिले अर्थतन्त्र समस्यामा रहेको र उद्योगी व्यवसायी पीडित भएको बताएका छन् । सुदुरपश्चिम प्रदेशको धनगढीमा आईतबार आयोजित &#8216;लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन ?&#8217; विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । &#8216;सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ, यसले हामी सबैलाई पीडित [&hellip;]</p>

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले राज्यको गलत नीतिले अर्थतन्त्र समस्यामा रहेको र उद्योगी व्यवसायी पीडित भएको बताएका छन् ।

सुदुरपश्चिम प्रदेशको धनगढीमा आईतबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन ?’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘सरकारको गलत नीतिले अहिले अर्थतन्त्रमा समस्या निम्त्याएको छ, यसले हामी सबैलाई पीडित बनाएको छ,’ वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले भने, ‘यो गलत नीतिले कसरी अर्थतन्त्रलाई असर पार्छ भन्ने राम्रो उदाहरण हो ।’

यस्तै, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोवन्दिराज पोखरेलले पछिल्लो दुई दशकमा आर्थिक नीति र गतिविधिहरुलाई ध्यान नदिँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् ।

पछिल्लो दुई दशकमा राजनीतिक नीति र दस्ताबेजहरु मात्र आएको उनी बताउँछन् । ‘पछिल्लो दशकमा हामीले आर्थिक क्षेत्रमा लगानी बोर्ड गठन बाहेक सबै राजनीतिक दस्ताबेजहरु मात्र ल्याएछौं, जसले पनि अर्थतन्त्रमा हामी सचेत छैनौं भन्ने देखिन्छ,’ पूर्व उपाध्यक्ष पोखरेलले भने ।

उनले वैदेशिक रेमिट्यान्सले उपभोग अर्थतन्त्र बढाएको र यसमै राजनीतिक नेतृत्व रमेको बताए । ‘रेमिट्यान्स आईरहेको , आवाज उठाउने र सचेत गराउने युवाहरु वैदेशिक रोजगारीमा गएका छन्, यसले नेताहरुलाई पैसा आईहाल्छ भनेर हाईसन्चो भएको हो,’ उनले भने ।

योजना आयोजका पूर्व उपाध्यक्ष पोखरेलले निजी क्षेत्रले पहिचान चाहेको र त्यसको लागि सरकारले सहजीकरण र सुविधा दिनुपर्ने सुझाव दिए ।

Share News