प्रभु लाइफको सक्सेस मन्त्र फर लिडरसिप कार्यक्रम सम्पन्न

<p>काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको सहभागीता रहेको थियो । ‘सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायव महाप्रबन्धक सोन आले मगरले गरेका हुन् । नायव महाप्रबन्धक सोन आले मगरले यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आवद्ध [&hellip;]</p>

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले काठमाडौंमा ‘सक्सेस मन्त्र फर लिडरसिप’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका बाग्मती प्रदेश अन्तर्गतका एजेन्सी लिडर्स एवं कर्मचारीहरुको सहभागीता रहेको थियो ।

‘सक्सेस मन्त्र फर लिडरसिपको उद्घाटन कम्पनीका नायव महाप्रबन्धक सोन आले मगरले गरेका हुन् । नायव महाप्रबन्धक सोन आले मगरले यस किसिमका लिडरसिप सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ता एवं कर्मचारीहरुको कार्यक्षमता वृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने बताए

कार्यक्रममा प्रभु लाइफका जोनल हेड प्रयास श्रेष्ठ, एजेन्सी प्रमुख प्रभात शिवाकोटी, ब्राण्डिङ प्रमुख विनोद घिमिरे, सूचना प्रविधि प्रमुख राजु घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली ट्रेनर मिन बहादुर घले व्यवहारीक तरिकाले व्यवसायीक बृद्धिका सुत्रहरु दिएका थिए । अभिकर्ताहरुको व्यवसायीक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु लिडरसिप सेसनमा समेटिएको थियो ।

Share News