काठमाडौं । समृद्धि फाइनान्सले युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनान्सको हेटौंडा शाखा कार्यालयले ११ गते रोड हाउस रेष्टुरेन्टमा स्थानिय युवाहरु माझ र १२ गते बनेपा शाखा कार्यालयले मिलिनियम कलेजमा विद्मार्थीहरु माझ युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
ग्लोबल मनि सप्ताहको सन्दर्भमा प्लान योर मनि, प्लान योर फ्युचरु भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । भविष्यमा थप शाखाहरुबाट नियमित रुपमा विभिन्न वर्गहरु लक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना गरिने तालिका रहेको संस्थाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा १० प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।