प्रभु क्यापिटलले काठमाडौं बहिरा संघका सदस्यलाई दियो तालिम

<p>काठमाडौं । प्रभु क्यापिटलले काठमाडौं बहिरा संघका सदस्यलाई दियो सेयर बजार बारे तालिम दिएको छ । क्यापिटलले शनिबारको दिन &#8216;ग्लोबल मनि विक—२०२३&#8217; को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम काठमाडौं बहिरा संघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलले काठमाडौं बहिरा संघका सदस्यलाई दियो सेयर बजार बारे तालिम दिएको छ । क्यापिटलले शनिबारको दिन ‘ग्लोबल मनि विक—२०२३’ को अवसरमा युवा केन्द्रित विविध पूँजीबजार तथा वित्तीय चेतनामूलक कार्यक्रम काठमाडौं बहिरा संघ नेपालको सहयोगमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको हो । काठमाडौं बहिरा संघ नेपाल अन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता भएको उक्त कार्यक्रम मूख्यतया पूँजी बजारमा शुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो ।

कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गरेका थिए भने यसलाई सांकेतिक भाषामा दोभाषेहरु रेनु शाह तथा श्री सुनीता श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रम पूँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो सेयर के कसरी चलाउने, सेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब सेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने बताउनुहुँदै आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Share News