६ सयले घट्यो सुनको मूल्य

<p>काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन [&hellip;]</p>

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलाको १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आइतबार चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको सुन १० रुपैयाँ बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News