प्रभु क्यापिटलले विद्यार्थीलाई दियो सेयर बजार बारे तालिम

<p>काठमाडौं । प्रभु क्यापिटलले मैतिदेवीस्थित यूनिभर्सल कलेजका बिबिएमा अध्ययनरत विद्यार्थीलाई सेयर बजार सम्बन्धी तालिम दिएको छ । क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले सेयर बजार सम्बन्धी तालिम दिएको हो । कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटलका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलले मैतिदेवीस्थित यूनिभर्सल कलेजका बिबिएमा अध्ययनरत विद्यार्थीलाई सेयर बजार सम्बन्धी तालिम दिएको छ ।

क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले सेयर बजार सम्बन्धी तालिम दिएको हो ।

कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटलका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई सेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, सेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा तालिम दिएका थिए ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

Share News