बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्छ : पूर्वमुख्यसचिव पौडेल

<p>काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । उनले निक्षेपको मूल्य वृद्धि ८ प्रतिशत रहेको भन्दै बैंकको ब्याजदर ८ प्रतिशतभन्दा माथि नभए निक्षेपकर्ताको पैसाको भ्यालु कम हुने बताए । बैंक खाता खोल्ने २ [&hellip;]</p>

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

उनले निक्षेपको मूल्य वृद्धि ८ प्रतिशत रहेको भन्दै बैंकको ब्याजदर ८ प्रतिशतभन्दा माथि नभए निक्षेपकर्ताको पैसाको भ्यालु कम हुने बताए ।

बैंक खाता खोल्ने २ करोड बढी भएपनि कर्जा लिने १८ लाख मात्रै भएको भन्दै २ करोडलाई दोहन गरेर सिमित मानिसहरुलाई पोस्ने हो भने मुलुकको अर्थतन्त्र नचल्ने उनको भनाइ छ । ‘बैंकहरुको खर्च धेरै भएको छ, बैंकले आफ्नो भड्किलो खर्च कर्जाको ब्याजबाट उठाउने गरेका छन्,’ उनले भने ।

यस्तै, उनले बैंकहरुको ब्याजदरमा गरिने प्रतिष्पर्धा ऐनले निषेध गरेको बताए । ‘बैंकहरु मिलेर कर्जाको ब्याजदर फिक्स गर्नु कानूनी रुपमा अवैधानिक हो,’ उनले भने ।

 

Share News