गोरखामा साधना लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<p>काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ग्लोबल मनि विक–२०२३ को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले प्लान्ट योर मनि, प्लान्ट योर फियुचर भन्ने मुल नाराको साथ गोरखा कलेजमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बैकिङ्ग क्षेत्र आजको आवश्यकता र समाज परिवर्तनमा यसको महत्वपुर्ण भुमिकाको बारेमा जानकारी गराईएको थियो । यसका [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले ग्लोबल मनि विक–२०२३ को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले प्लान्ट योर मनि, प्लान्ट योर फियुचर भन्ने मुल नाराको साथ गोरखा कलेजमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैकिङ्ग क्षेत्र आजको आवश्यकता र समाज परिवर्तनमा यसको महत्वपुर्ण भुमिकाको बारेमा जानकारी गराईएको थियो ।

यसका साथै कार्यक्रममा वित्तिय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत गर्ने तरिकाहरु, बीमा, रेमिटान्स र डिजिटल बैंकिङको प्रयोग तथा आवश्यक्ता बारेमा पनि जानकारी दिइएको थियो ।

कार्यक्रममा २०० जना विधार्थीहरुको सहभागी थियो ।

Share News