
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार लघुवित्तको लघुवित्तको हरैया शाखाका सदस्यहरुलाई उक्त संस्थाले वित्तीय साक्षरता सम्पन्न गरेको हो ।
विश्वव्यापी वित्तीय सप्ताहलाई भव्य रुपमा मनाउने क्रममा मार्च २० देखी मार्च २६ सम्म युवा लक्षीत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने अभियान अन्तर्गत वित्तीय साक्षरता सञ्चालन गरीएको शाखा प्रमुख उपेन्द्र न्यौपानेले जानकारी दिए ।
उक्त कार्यक्रममा संस्थाका विभागीय प्रमुख अर्जुन लम्सालले प्रशीक्षण दिएका थिए । उनले वित्तिय ज्ञान, सिप र कर्जा सदुपयोगिता साना तथा लघु व्यवसाहिक धारणाको विकास घरेलु उत्पादित वस्तुको बजार व्यवस्थापन सदस्यको नगद प्रवाह र कर्जा सिमाको तालमेल महिला सशक्तीकरण र विश्वव्यापी रुपमा फैलिएको आर्थिक मन्दी र यसबाट जोगिने उपाय आदिको विषयमा जानकारी दिएका थिए ।
भैरहवामा केन्द्रय कार्यालय रहेको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैकबाट घ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । संस्थाले देशभर ८२ शाखा मार्फत करिब ८० हजार घर परिवारलाई वित्तीय सेवा प्रदान गर्दे आइरहे
को छ ।