अब उदारो कारोबार बन्द गर्नुपर्छ : राजेन्द्र मल्ल 

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर घटाउन र उदारो कारोबार बन्द गर्नुपर्ने बताएका छन् । मल्लले बिहीबार नेपाल इटाली उद्योग वाणिज्य संघको ९ औं साधारण सभामा बोल्दै सो कुरा बताएका हुन् । उनले आर्थिक ऐनमा उदारो कारोबार बन्द गर्ने निति नियम आवश्यक रहेको बताउँदै यसबाट मुक्त हुनेको लागि डिजिटलाइजेशन बताए । &#8216;आर्थिक ऐन [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर घटाउन र उदारो कारोबार बन्द गर्नुपर्ने बताएका छन् । मल्लले बिहीबार नेपाल इटाली उद्योग वाणिज्य संघको ९ औं साधारण सभामा बोल्दै सो कुरा बताएका हुन् ।

उनले आर्थिक ऐनमा उदारो कारोबार बन्द गर्ने निति नियम आवश्यक रहेको बताउँदै यसबाट मुक्त हुनेको लागि डिजिटलाइजेशन बताए ।

‘आर्थिक ऐन र नीतिगत सुधार नहुँदा उदारो कारोबार धेरै भएकाले उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ, बजारमा जाँदा पैसा आउँदैन, त्यसकारण बैंक तथा उद्योगी व्यवसायीलाई संकट पर्छ, यस्तो संकटबाट मुक्त हुनको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानु पर्छ,’ उनले भने ।

उनले आगामी बजेटमा आर्थिक एन ल्याउनु पर्ने कुरा पनि बताए । यस्तै, उनले नगदमा कारोबार भए महिनामा २ प्रतिशत कमाए पनि वर्षमा २४ प्रतिशत नाफा कमाउन सकिने पनि बताए । ब्याजदर सस्तो दरमा झार्न नसके उद्योग व्यवसाय फस्टाउने उनको धारणा छ ।

यस्तै, उनले उनले ब्याजदर घटाउन नसेके उद्योग व्यवसाय फस्ट्याउन नसक्नेत र मुलुक एक दिन अप्ठ्यारो अवस्थामा पुग्न बताए ।

‘हामी अहिले निर्यातको तुलनामा झन्डै ८ गुण बढी आयात गरिरहेका छौं, अब आउने दिन उद्योगी व्यवसायीहरूलाई यो देशमा आत्मनिर्भर बनाएर प्राकृतिक स्रोतसाधन सदुपयोग गरी निर्यात गर्न व्यापार घाटा घटाउन सकिन्छ भनेर अब अगाडी बढ्नु पर्छ,’ उनले भने ।

Share News