ब्याज घटाउने विषयमा छलफल भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

<p>काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ब्याज घटाउने विषयमा छलफल भइरहेको बताएका छन् । बिहीबार नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको ९ औं साधारण सभामा उनले यस्तो बताएका हुन् । उनले आर्थिक विकासको लागि सबैले जोड दिनुपर्ने बताए । निजी क्षेत्रसँग सरकार सहकार्य गर्ने तयार रहेको बताउँदै उनले ईटालीका पर्यटकका साथै लगानीको वातावरण पनि [&hellip;]</p>

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ब्याज घटाउने विषयमा छलफल भइरहेको बताएका छन् । बिहीबार नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको ९ औं साधारण सभामा उनले यस्तो बताएका हुन् ।

उनले आर्थिक विकासको लागि सबैले जोड दिनुपर्ने बताए । निजी क्षेत्रसँग सरकार सहकार्य गर्ने तयार रहेको बताउँदै उनले ईटालीका पर्यटकका साथै लगानीको वातावरण पनि भित्र्याउनु पर्ने बताए ।

मन्त्री श्रेष्ठले दुई अर्ब ९७ करोड रुपैयाँको व्यापार घाटामा सरकार गम्भिर रहेको बताए । ‘बढ्दै गएको व्यापार घाटालाई निराकरण गर्न सरकार सजक छ,’ उनले भने ।

उनले पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताए ।

 

Share News