काठमाडौं । नेपाल आयल निगमले पुराना सवारी साधन लिलाममा बिक्री गर्ने भएको छ । निगमको विभिन्न कार्यालयहरुमा रहेका पुराना सवारी लिलाम बिक्री गर्ने भएको हो ।
निगमका अनुसार सबैभन्दा बढी रकम कबोल गर्ने श्री स्क्रेप बाई एण्ड सेल्सलाइै छनोट गरेको छ । निगमले उक्त कम्पनीलाई १८ लाख १६ हजार ७८८ रुपैयाँमा पुराना सवारी साधन बिक्री गर्नेछ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ बमोजिम छनोट भएकाले कार्यालयमा ७ दिनभित्र सम्पर्क गर्न निगमले अनुरोध गरेको छ ।