काठमाडौं । एनएमबि बैंकले नयाँ घर कर्जा ल्याएको छ । बैंकले १५ वर्षका लागि ११.९५ स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा ल्याएको हो ।
यो नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने बताएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनील केसीले मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्त्व बुझेर स्थिर कर्जा योजना ल्याएको बताए ।
‘यो कर्जाले नयाँ ग्राहकहरू कुनै पनि बजार उतार(चढाव वा ब्याजदरहरूमा परिवर्तन भएता पनि उहाँहरूको मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहनेछ भनी विश्वस्त हुन सक्नुहुनेछ,’ उनले भने ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।