काठमाडौं । इसेवाले ‘बैंक ट्रान्सफरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ ।
यस अफर अन्तरगत इसेवाका ग्राहकले आफ्नो इसेवा एकाउन्ट मार्फत बैंक तथा सहकारीको खातामा रकम ट्रान्सफर गर्दा हङकङ घुम्ने मौका पाउनेछन् ।
यस अफरमा ग्राहकले बेंक ट्रान्सफर गर्दा डबल क्यासब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सक्नेछन् ।
यस अफर योजना चैत्र ३० गतेसम्म सञ्चालन हुने इसेवाले जानकारी दिएको छ । इसेवाको अनुसार योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्सफर गरेको हुनुपर्नेछ ।