नेरुडे बरगाछी शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

<p>विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्थाकाे बरगाछी शाखाले बुधबार केन्द्र प्रमूख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय साक्षरता सप्ताह चलिरहेको बेला लघुवित्तले कार्यक्रम आयोजना गरेकाे हो । कार्यक्रममा ८५ वटा केन्द्रका सयभन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो । उपस्थित केन्द्र प्रमुखहरु मध्येबाट ज्येष्ठ सदस्य राधा पौडेलको [&hellip;]</p>

विराटनगर । नेरुडे लघुवित्त वित्तीय संस्थाकाे बरगाछी शाखाले बुधबार केन्द्र प्रमूख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तीय साक्षरता सप्ताह चलिरहेको बेला लघुवित्तले कार्यक्रम आयोजना गरेकाे हो । कार्यक्रममा ८५ वटा केन्द्रका सयभन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो ।

उपस्थित केन्द्र प्रमुखहरु मध्येबाट ज्येष्ठ सदस्य राधा पौडेलको अध्यक्षतामा आयोजित गोष्ठीमा नेरुडेका जनशक्ति व्यवस्थापन विभागका प्रमुख ऋषिप्रसाद न्यौपानेले संस्थाले सञ्चालन गरेका कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा बरगाछी शाखा अन्तर्गतका उत्कृष्ट सदस्यहरु सरस्वतीदेवी पराजुली, पार्वतीदेवी राय, धर्मशिला खानाललाई सम्मान गरिएको बरगाछी युनिटका प्रमुख राजु कुमार चौधरीले जानकारी दिए ।

 

Share News