महानगरले १३ करोडको लगानीमा एक दर्जन पार्क बनाउँदै, बालेनको प्राथमिकतामा यम बुद्ध पार्क

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० मा १२ वटा पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले विभिन्न वडामा सुविधा सम्पन्न आधुनिक पार्क बनाउन लागेको हो । महानगरले चालू आर्थिक वर्षको वार्षिक कार्ययोजनामा समावेश गरेअनुरुप पार्क निर्माणको काम अगाडि बढाउने भएको हो । महानगरपालिकाका अनुसार धेरै जसो पार्क निर्माणको काम चालू आव भित्रबाटै सुरु [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० मा १२ वटा पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले विभिन्न वडामा सुविधा सम्पन्न आधुनिक पार्क बनाउन लागेको हो । महानगरले चालू आर्थिक वर्षको वार्षिक कार्ययोजनामा समावेश गरेअनुरुप पार्क निर्माणको काम अगाडि बढाउने भएको हो ।

महानगरपालिकाका अनुसार धेरै जसो पार्क निर्माणको काम चालू आव भित्रबाटै सुरु हुनेछ । महानगर भित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा सुन्दर पार्क निर्माण गर्ने योजनाका साथ यो वर्ष पनि पार्क निर्माण गर्न लागेको महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुख राम बहादुर थापाले जानकारी दिए । महानगरपालिकाले साना ठूला गरी १२ पार्क निर्माण गर्न चालू आवमा १३ करोड ६३ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरपालिकाले साना ठूला गरी करिब २२ वटा पार्क निर्माणको काम अगाडि बढाएको थियो । जसमध्ये ८ वटा पार्क निर्माणको काम सम्पन्न भइसेको पनि थापाले बताए । उनका अनुसार बाँकी १४ वटा पार्क निर्माणको चरणमा छन् ।

निर्माणाधीन पार्कको पनि लगभग ६०/७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सो पार्कको काम महानगरले असार मसान्त भित्र सक्ने लक्ष्य लिएको छ । ‘महानगरपालिकाले कतिपय ठाउँमा पार्क निर्माणको काम सुरु गरिसकेको छ, अहिले वडा नम्बर ६ मा पनि काम भएको छ भने ३२ नम्बर वडामा पनि २ पार्क र ९ मा एक वटा पार्क बनाउने काम चलेको छ, अहिले भदौ असोज तिरै डिजाइन गरेका पार्कको निर्माण सुरु गरेका छौं,’ उनले भने ।

थापाका अनुसार पार्कमा फरक–फरक सेवा सुविधा हुनेछन् । पार्क जलवायु अनुकुल, पर्यावरण अनुकूलन र विपत् व्यवस्थापन अनुरूपको हुनेछ ।

कुन–कुन ठाउँ बन्दैछन् पार्क ?

महानगरपालि चालू आवको योजनामा समावेश भएका धेरै पार्कको डिजाइन तयार गरी टेन्डर गरिसकेको छ । थापाका अनुसार योजनामा भएका पार्कका निर्माणका काम यही वर्षदेखि सुरु हुनेछ । महानगरपालिकाले वडा नम्बर ३ गङ्गालाल हस्पिटलको अगाडिको भागमा ‘इको पार्क’ निर्माण गर्ने भएको छ । महानगरले सो ठाउँमा इको पार्क निर्माण गर्नको लागि टेन्डर गरिसकेको पनि थापाले बताए । महानगरले उक्त पार्क निर्माणको लागि चालू आवमा एक करोड ५ हजार रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै, महानगरको अर्को योजना हो बालाजु पार्क कम्पाउन्ड निर्माण तथा संरक्षण गर्ने । पहिलो चरणमा कम्पाउन्ड घेर्ने मात्र महानगरको योजना छ । यसको लागि अहिले डिजाइन स्टिमेट गरिरहेको थापाले जानकारी दिए । बालाजु पार्कको लागि चालू आवमा ५ करोड रुपैयाँ छुट्याइएको छ । चालू आवमा नै महानगरले बुद्धनगर पार्किङ सहितको पार्क निर्माण योजना राखेको छ । उक्त पार्किङ सहितको पार्क निर्माणको लागि एक करोड ५ हजार रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

महानगरले सानो गौचरनमा बालमैत्री पार्क र खुल्ला व्यायमशाला निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । भूगोल पार्क न्युरोडमा निर्माणमा बनाउने भएको छ । उक्त पार्क निर्माणमा विवाद परेको छ । मूर्तिको विषयलाई लिएर विवाद परेको हो । विवाद टुङ्गयाइ पार्क निर्माणको योजनामा महानगर छ । सोही पार्क निर्माणको लागि २ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

यस्तै, अर्को बुढापाकालाई लक्षित गर्दै महानगरले वडा नम्बर २५ मा महानगरले जेष्ठ नागरिक पार्क बनाउने भएको छ । सो पार्क महानगरले गुठीको जग्गामा बनाउन लागेको हो । गुठिका स्वामित्वमा रहेको उक्त ठाउँमा १२ रोपनी जग्गा छ । सो जग्गामा टहरा छन् । सो टहरालाई हटाएर पार्क निर्माण हुनेछ । यो पार्क निर्माणका लागि चालू आवमा एक करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै, अर्को पार्क हो ‘यम बुद्ध पार्क’ । उक्त पार्क महानगरले वडा नम्बर १६ मा बनाउने भनेको छ । यो मेयर बालेनको नयाँ योजना हो । यो पार्क नयाँ बस पार्क गंगबु क्षेत्रमा बन्नेछ । उक्त स्थानमा लगभग १५ रोपनी जग्गा छ । यम बुद्ध पार्कमा स्केट, वोर्डिङ्ग, बास्केटबल कोर्ट, बी वोईङ लागयत अन्य निर्माण गर्ने भनिएको छ । सो पार्कको काम पनि चालू आवबाटै सुरु हुने थापाले बताए । यम बुद्ध पार्क निर्माणको लागि मेयर बालेनले एक करोड ५ हजार रुपैयाँ छुट्याएका छन् ।

यस्तै, तीनकुनेमा बृद्द संरक्षण र डीपीआर तयार गर्न ५ लाख, विभिन्न पार्क तथा सार्वजनिक स्थानमा खुल्ला व्यायाम सामाग्री जडान एक करोड, एक वडा एक पार्क निर्माण गर्न कार्यमा एक करोड, गंगाहिटी हाईटको जग्गा संरक्षण गरी पार्क बनाउने काम गर्न ८ लाख ५ हजार र वडा परिसरको पार्क निर्माण ५० लाख रुपैयाँ बजेट महानगरले छुट्याएको छ ।

महानगरपालिकाले चालू आव भित्र नै धेरै पार्कको निर्माणाधीन कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर, लक्ष्य लिए पनि केही पार्क निर्माणको काम समयमा नै सम्पन्न गर्न नसकिने थापाले जानकारी दिए ।

महानगरले टेन्डरको काम गत मंसिरबाट मात्र गरेको थियो । मंसिसदेखि सुरु भएको टेन्डर अहिले संशोधनको चरणमा रहेको पनि थापाले बताए । महानगरले माघदेखि भएका सम्झौताहरू असारमा नै सकाउने तयारी गरिरहेको छ । पहिलो चौमासिकमा काम हुन नसकेको काम अर्को आर्थिक वर्षको पहिलो चौमासिक सक्ने महानगरको योजना छ ।

महानगरले चालू आव भित्र रानीवारी पोर्पा अजिमा पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसको लागि यो वर्ष २ लाख १ हजार १७ रुपैयाँ बजेट छुट्याएको छ । महानगरले वार्षिक कार्ययोजनामा शिवस्थली पार्कको काम पनि सम्पन्न गर्ने भनिएको छ । तर, लक्ष्य लिए पनि उक्त पार्कको काम चालू आवमा भने सम्पन्न नहुने थापाको भनाइ छ ।

महानगरले वडा नम्बर ४ मा बाजे बज्यै पार्कका निर्माण गर्दैछ । यो पार्कको काम चालू आवमा निर्माण सम्पन्न गर्नको लागि १ करोड ९६ लाख २७ हजार रुपैयाँ छुट्याएको छ । थापाका अनुसार यो पार्क चालू आव भित्र निर्माण सम्पन्न हुने छ ।

महानगरले बालाजु पार्क मर्मत तथा संरक्षण गर्न ९ लाख ९२ हजार, मनोहरा नदी किनारको सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणमा २ करोड ९८ करोड ९७ हजार, मैतीदेवी पार्क निर्माण गर्ने कार्यमा ४ लाख ३३ हजार २ हजार, सन्तोषीनगर पार्क निर्माण गर्ने २ लाख ५८ हजार ७ सय, धुम्बाराही पार्कमा एक करोड ७ लाख ७२ हजार बजेट छुट्याएको छ । नरबुद्ध पार्क निर्माण गर्न ८ लाख १२ हजार, बालाजु पार्क विकास तथा स्विमिङ पुल निर्माण कार्यमा ७ करोड २५ लाख ९७ हजार छट्याएको छ ।

Share News