नेपालको पानी सबै किसिमको इन्धनको स्रोत बन्दै छ : कुलमान

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भविष्यमा नेपालको पानी सबै किसिमको इन्धनको स्रोत बन्ने बताएका छन् । घिसिङले सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा सो कुरा बताएका हुन् । &#8216;नेपालको विद्युतबाट हाइड्रोजन निकालेर हाइड्रोजन सवारी प्रयोग गर्न सकिन्छ भने यही केमिकल फर्टिलाइजर पनि उत्पादन गर्न सकिने भएकाले  भविष्यमा नेपालको पानी सबै किसिमको इन्धनको स्रोत [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भविष्यमा नेपालको पानी सबै किसिमको इन्धनको स्रोत बन्ने बताएका छन् । घिसिङले सोमबार काठमाडौंमा भएको एक कार्यक्रममा सो कुरा बताएका हुन् ।

‘नेपालको विद्युतबाट हाइड्रोजन निकालेर हाइड्रोजन सवारी प्रयोग गर्न सकिन्छ भने यही केमिकल फर्टिलाइजर पनि उत्पादन गर्न सकिने भएकाले  भविष्यमा नेपालको पानी सबै किसिमको इन्धनको स्रोत बन्दैछ,’ उनले भने ।

सरकार इभी सँगगँगै हाइड्रोजन प्रविधिमा जान खोजि रहेका बताउँदै उनले सबैलाई विद्युतिय सवारी साधन प्रयोग गर्न आह्वान समेत गरेका छन् ।

विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरूप विद्युतिय सवारी साधनहरू आइरहेको पनि घिसिङले बताए । उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको र आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने जानकारी दिए ।

Share News