जीप छिरिङ लामा शेर्पालाई ‘एफक्यान ग्लोरी अवार्ड’

<p>काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका महासंघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई उक्त अवार्ड दिएकाे हाे । एघारौं एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्शनले पनि दुई महवपूर्ण विधामा अवार्ड [&hellip;]</p>

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ ।

एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ आयोजना गर्दै महासंघले निर्माण उद्योगमा विशिष्ट योगदान दिएका महासंघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई उक्त अवार्ड दिएकाे हाे ।

एघारौं एफक्यान एक्सिलेन्स अवार्डमा कालिका कन्स्ट्रक्शनले पनि दुई महवपूर्ण विधामा अवार्ड जितेको छ । विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा कालिकाले अवार्ड हात पारेको हो ।

ए क्लास तर्फ समयमै उत्कृष्ट काम गरेको विधा तर्फ सामानान्तर निर्माण सेवाले सिल्भर अवार्ड जित्दा ब्रोन्ज अवार्ड कन्काई इन्टरनेशनल बिल्डर्सले हात पारेको छ भने बी क्लास तर्फ यही विधामा सगुन कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङले गोल्ड अवार्ड जित्दा एस। एल कन्स्ट्रक्शन प्रा। लि ले सिल्भर अवार्ड हात पारेको छ ।

सी क्लासतर्फ यही विधामा नेशनल कन्स्ट्रक्शन कञ्चनपुरले गोल्ड र शिवालय बिल्र्डस् प्रा लि। काभ्रेले सिल्भर अवार्ड जितेको छ । बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरे वापत् जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड, कोशी प्रदेशबाट क्लास डी तर्फ झापाको उद्देश्य निर्माण सेवाले उत्कष्ट अवार्ड जितेको छ । क्लास डीमा वागमती प्रदेशबाट तेज कन्स्ट्रक्शनले अवार्ड जित्दा गण्डकी प्रदेशबाट जि।एस इन्जिनियरिङले अवार्ड जित्न सफल भएको छ ।

यस्तै, कर्णाली प्रदेशबाट उत्तम निर्माण सेवा सुर्खेतले अवार्ड हात पारेको छ । उत्कष्ट जिल्ला निर्माण व्यवसायी संघहरू मध्येमा तराईबाट कैलालीले अवार्ड जित्दा पहाड र हिमालबाट क्रमश स् कास्की र सिन्धुपाल्चोकले अवार्ड जितको छ । उत्कष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड वागमती प्रदेश महासंघले जितेको छ ।

त्यस्तै, उत्कृष्ट महिला निर्माण व्यवसायीमा एस एल कन्स्ट्रक्शनकी गीता शाहीले अवार्ड जितिन् भने उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनीको अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपालले जितेको छ । त्यस्तै, कन्स्ट्रक्शन सेक्टर एक्सिलेन्स इन्जिनियर अवर्डा इन्जिनियर नरेन्द्रकुमार देवलाई प्रदान गरेको छ ।

Share News