म मन्त्री बन्दिनँ, बन्न पनि मिल्दैन : गगन थापा

<p>काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको कार्य्रक्रममा उनले यस्ताे बताएका हुन् । उनले आफूले ५ वर्षकाे लागि पाएकाे जिम्मेवारी सांसद भएकाे बताउँदै उनले सबै कामहरु काँग्रेसको महामन्त्री भएर गर्ने बताए । &#8216;मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु, म [&hellip;]</p>

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको कार्य्रक्रममा उनले यस्ताे बताएका हुन् ।

उनले आफूले ५ वर्षकाे लागि पाएकाे जिम्मेवारी सांसद भएकाे बताउँदै उनले सबै कामहरु काँग्रेसको महामन्त्री भएर गर्ने बताए ।

‘मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरु उठाउँछु, म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले, मैले अहिले काँग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो,’ उनले भने ।

यस्तै, उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरी सुधार गर्नका लागि सरकार गम्भीर हुनुपर्ने बताएका छन् । ‘मुलुकको अर्थतन्त्र सुधारमा सरकार गम्भीर हुनुपर्छ’, उनले भने, ‘पाँच वर्षका लागि बनेको सरकारले गर्ने काम पाँच महिनाभित्रै संकेतका रुपमा देखिनुपर्छ ।’

Share News