बैंकको ब्याज एकल बिन्दुमा हुनु पर्नेमा सकारात्मक छु : प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर एकल बिन्दुमा हुनु पर्नेमा आफु सकारात्मक भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाललेआफुले यसअघि नै बैंकको ब्याजदर एकल अंकमा हुनु पर्ने धारणा राखेको बताउँदै सो अनुरुप निर्देशन पनि दिइसकेको बताएका छन् । यस्तै, उनले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउने भन्नेतर्फ [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर एकल बिन्दुमा हुनु पर्नेमा आफु सकारात्मक भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाललेआफुले यसअघि नै बैंकको ब्याजदर एकल अंकमा हुनु पर्ने धारणा राखेको बताउँदै सो अनुरुप निर्देशन पनि दिइसकेको बताएका छन् ।

यस्तै, उनले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउने भन्नेतर्फ सरकारले ध्यान दिइरहेको बताए ।

उनले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताए । उनले भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीहरुका बाँकी रहेका भुक्तानीहरु समयमै भुक्तान गर्ने तर्फपनि सरकारको ध्यान रहेको उल्लेख गरे ।

यस्तै, प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीहरुले जिम्मा लिएका कामहरु जिम्मेवार र गम्भिर भएर काम गर्नुपर्ने बताए ।

Share News