सिन्धुलीमा बस दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु , १९ घाइते

<p>काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौं जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले [&hellip;]</p>

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुङ्गाबाट काठमाडौं जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस

Share News