एकैदिन १७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात शुक्रबार  प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार ५ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात शुक्रबार  प्रतितोला एक लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख तीन हजार ५ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन अर्थात शुक्रबार एक लाख १ हजार ३ सय सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News