काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल अहिले करिब १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको बताए । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
‘अर्थतन्त्रका वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको छ, नेपाल अहिले करिब १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको छ, यसले करिब १० महिनाको आयातलाई धान्नसक्रछ,’ उनले भने ।
गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताए । उनले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे । उनले पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको जानकारी दिए ।
यस्रतै, गभर्नर अधिकारीले वि।सं। २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको बताउँदै आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको बताए ।
‘अहिले लङ टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्छ, आवाजबिहीनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोडभन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको छ,’ उनले भने ।