एकैदिन आठ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक [&hellip;]</p>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । रासस

Share News