काठमाडौं । दूग्ध पदार्थको उपभोक्ता मूल्य ह्वात्तै बढेको छ । दुध डेरीहरुले बिहीबारदेखि दुग्ध पदार्थको मूल्य बढाएका हुन् ।
निजी डेरीहरुले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँ वृद्धि गरेका हुन् । यस्तै, निजी डेरीहरुको संस्थाले एक लिटर दहीमा २५ रुपैयाँ वृद्धि गरेको हुन् । यस्तै, पनिरको मूल्य प्रतिकिलो १४० रुपैयाँ र घ्यूको प्रतिलिटर २०० रुपैयाँ बढेको छ ।
यसअघि दुध ८६ रुपैयाँ, दही १६५ रुपैयाँ, पनिर ७ सय रुपैयाँ र घ्यू १ हजार १ सय रुपैयाँ थियो । मूल्य बढेपछि दुध १ सय रुपैयाँ, दही १९० रुपैयाँ, पनिर ८४० रुपैयाँ र घ्यू १ हजार ३ सय रुपैयाँ पुगेको छ ।
गत साता नेपाल सरकारले किसानले पाउने दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियो । सोही अनुसार बिहीबार निजी डेरीहरुले दूग्धजन्य पदार्थको मूल्य मनपरी बढाएका हुन् ।