काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो । नेता यादव बारा २ बाट निर्वाचित भएका थिए ।
सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति भएको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।
उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ ।