दोस्रो अर्थशास्त्री सम्मेलन काठमाडौँमा हुने

<p>काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन काठमाडौँमा आयोजना हुने भएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नाराका साथ फागुन २६ र २७ गते काठमाडौँमा आयोजना हुनेछ । उक्त सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्ने भएको हो । अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक [&hellip;]</p>

काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन काठमाडौँमा आयोजना हुने भएकोे छ । ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ भन्ने नाराका साथ फागुन २६ र २७ गते काठमाडौँमा आयोजना हुनेछ ।

उक्त सम्मेलन विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्ने भएको हो ।

अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाइ समाधानका उपायसहित सरकार, राजनीतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिने उद्देश्यका साथ दोस्रो अर्थशास्त्री सम्मेलन आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

२ दिने सम्मेलनमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उद्योगको प्रवद्र्धन र सूचना प्रविधि क्षेत्रमा टेवा पु¥याउन अर्थतन्त्रका विभिन्न विषयवस्तुमाथि सम्मेलनमा छलफल हुनेछ ।

Share News