सूचना प्रविधिको प्रयोग सामाजिक रुपान्तरणका लागि : मन्त्री शर्मा

<p>काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सास्कृतिक रूपान्तरण गर्ने समय आएको बताएकी छिन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सूचना प्रविधिमा महिला (डब्ल्यूआइआइटी) ले गरेको सूचना प्रविधि महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले बिज्ञानमा आएको परिवर्तनले समाज रूपान्तरणमा योगदान गर्नुपर्ने बताएकी हुन । समयको गतिसङ्गै [&hellip;]</p>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सास्कृतिक रूपान्तरण गर्ने समय आएको बताएकी छिन् ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सूचना प्रविधिमा महिला (डब्ल्यूआइआइटी) ले गरेको सूचना प्रविधि महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले बिज्ञानमा आएको परिवर्तनले समाज रूपान्तरणमा योगदान गर्नुपर्ने बताएकी हुन ।

समयको गतिसङ्गै बिज्ञान प्रविधिमा आएको परिवर्तनलाई नेपालमा सबैखाले विभेद अन्त्यमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले पछिल्लो समयमा यो क्षेत्रमा महिलाको उत्साहजनक सहभागिता बढेकोमा खुशी व्यक्त गरिन ।

सूचना तथा सन्चार प्रविधि क्षेत्रमा भएका नीतिगत व्यवस्थाहरुले सूचना सञ्चारको क्षेत्रमा भइरहेको तीब्र विकासको उपयोग गरी डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले परिकल्पना गरेको राष्ट्रिय लक्ष्य हासिल गर्न महिलाहरूले सक्रिय भूमिका खेल्नसक्ने कुरामा आधारहरु बढ्दै गएको उनले बताईन ।

विगतको जनयुद्धमा बन्दुक र बच्चा साथसाथै बोकेर महिलाले गणतन्त्र ल्याएको स्मरण गराउदै माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले भनिन्, ‘अब संविधान र कानुनले सुन्निश्चित गरेका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने बेला आएको छ ।’

आफूले मन्त्रालय सम्हालेपछि राजनीतिक र कानुनी साक्षरताका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति लिएको उल्लेख गर्दै उनले आगामी बजेटमार्फत यसलाई कार्यक्रमिक रुप दिने बताईन ।

प्रविधिको प्रयोगले महिलाको जीवन सहज बन्दै गएको उल्लेख गर्दै उनले प्रविधिकै दुरुपयोगबाट महिलाले आफ्नो जीवन गुमाउने अवस्था पनि कायमै रहेकाले प्रविधिको सदुपयोग र साइबर नैतिकतामा जोड दिनुपर्ने बताईन ।

सो क्रममा मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा योगदान गरेका १०१ जना महिलाको सफलताको कथा समेटिएको पुस्तक विमोचन समेत गरिन ।

Share News