साधना लघुवित्तद्धारा सदस्य सुविधा तथा राहत वितरण कार्यक्रम सम्पन्न

<p>काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था शाखा कार्यालय अक्षते बाग्लुङ्गद्धारा आज एक कार्यक्रमबिच सदस्य सुविधा तथा राहत विवरण कार्यक्रम सम्पन्न भएको छ । साधना लघुवित्त वित्तिय संस्थामा गठित केन्द्र न. ०४७ काठेखोला गाउपालिका वडा न. १ करिनामा आवद्ध सदस्य रण बहादुर थापामगर को मिति २०७९/ ०३ /०३ अल्पायुमै मृत्यु पश्चात् संस्थाको तर्फबाट निजको इच्छाएको व्यक्ति [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्त वित्तिय संस्था शाखा कार्यालय अक्षते बाग्लुङ्गद्धारा आज एक कार्यक्रमबिच सदस्य सुविधा तथा राहत विवरण कार्यक्रम सम्पन्न भएको छ ।

साधना लघुवित्त वित्तिय संस्थामा गठित केन्द्र न. ०४७ काठेखोला गाउपालिका वडा न. १ करिनामा आवद्ध सदस्य रण बहादुर थापामगर को मिति २०७९/ ०३ /०३ अल्पायुमै मृत्यु पश्चात् संस्थाको तर्फबाट निजको इच्छाएको व्यक्ति निजकी धर्मपत्नी देवी थापामगरलाई आज एक कार्यक्रम बिच समुहका सदस्य, काठेखोला गाँउपालिका वडा न १ का अध्यक्ष खड्क बहादुर थापा र संस्थाका प्रतिनिधिहरुको उपस्थिितीमा नगद २,४०,०४७ .५५ रुपेयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा काठेखोला गाउपालिका वडा न. १ का अध्यक्ष खड्क बहादुर थापाले आफ्नो भनाई राख्दै संस्थाले ग्राहकको हितमा पुयाएको योग्दानको चर्चा गर्दै संस्थालाई धन्यवाद ज्ञापन गदै सदस्यहरुले कर्जा लिई पुर्णरुपमा व्यवसाहिक काममा प्रयोग गरी कर्जा अनुशासन तथा कर्जाको गुणस्थर सुधार गर्नुपर्ने र कर्जाको किस्ता नियमित गर्न कर्जालाई पुर्ण सदुपयोगितामा सदस्यहरुले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा शाखाका प्रमुख जनक राज पन्तले संस्थागत परिचयसंगै संस्थाले हाल प्रदान गरीरहेका सेवा, सुविधा बारे जानकारी गदै साधना लघुवित्तले आर्थिक विकास र संमृद्धिमा संस्थाले चालेका काम र योजनाबारे धारणा व्यक्त गरे । संस्थाले मुख्य रुपमा बचत, कर्जा, बिमा, रेमिटेन्स सुविधा तालिम एवम् सदस्यहरुको व्यवसायमा टेवा पुयाउनुको लागी समय समयमा सिपमुलक व्यवसाहिक तालिम आदि संचालन गरीरहेको र सोको माध्यमबाट सदस्यहरुको व्यवसाय दिगो र सफलतामा टेवा पुग्ने धारणा व्यक्त गरे । साधना लघुवित्तले सदस्यहरुको माग र चाहना अनुसार समय सापेक्ष सेवासुविधा ल्याएको र ग्राहकहरुको सुरक्षाका लागी विशेष ध्यान दिएको समेत बताए ।

कार्यक्रमको सन्चालन शाखाका कनिष्ठ सहायक चन्द्र प्रकाश उपाध्यायले गरेका थिए । निज थापा संस्थाको केन्द्र न. ०४७ मा विगत २०७५/१२/१८ गते देखि आबद्ध रही व्यवसाहिक रुपमा कारोवार गरी बचत तथा कर्जा उपभोग गरी रहेका थिए । बिमा मार्फत्को उक्त रकमले थोरै भएपनि पिडामा मलम पट्टीको रुपमा काम गर्ने धारणा राखे ।

साधना लघुवित्त कम्पनी रजिष्टारको कार्यालयमा मिति २०७३/०२/३१ मा कम्पनी ऐन २०६३ अनुसार दर्ता भई विगत २०७४ /०७/२२ देखि केन्द्रीय कार्यालय गोरखा जिल्लाको हरमटारीमा राखी देशभरि ९३ वटा शाखा सन्जालं सहित ३१ जिल्लामा समृद्धिमा संगसगै भन्ने मुलनारा सहीत आफ्नो कारोबारलाई बिस्तार गरेको छ ।

साधना लघुवित्त वित्तिय संस्था छोटो समयमै करिव ९० हजार ग्राहक सदस्यहरुसंग जोडिएर लगानी बचत, बिमा र रेमिटेन्सको माध्यमवाट सेवा प्रदान गरिरहेको छ ।

 

Share News