काठमाडाैं । प्रहरीले व्यवसायी दुर्गा प्रसाईंले बनाएको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापालाई भरतपुरबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट मंगलबार उनलाई नियन्त्रणमा लिएको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरीले बताएकाे छ ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको थियो ।