काठमाडौं । बुधबार छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य घटेर तोलाको एक लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजावी सनको मूल्य घटेर तोलाको एक लाख १ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुन तोलाको एक लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज चाँदीको मूल्यअघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेर तोलाको एक हजार २२५ रुपैयाँ कायम भएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।