काठमाडौं । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटली र आइएमई पे वालेटबीच सम्झाैता भएकाे छ ।
याे सम्झाैतासँगै रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपालीले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्नेछन् ।
ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको आइएमई पेले बताएकाे छ ।