इसेवाले महिला उद्यमीसँग व्यवसाय सहकार्यमा ३ महिना छुट दिने

<p>काठमाडौं ।  भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर अन्तरगत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवासँग सहकार्य गर्दा इन्ट्रिगेशन शुल्क लाग्ने छैन । यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेशन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यै पनि इन्ट्रिगेशनको शुल्क नलाग्ने कम्पनीले बताएकाे [&hellip;]</p>

काठमाडौं ।  भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।

अफर अन्तरगत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवासँग सहकार्य गर्दा इन्ट्रिगेशन शुल्क लाग्ने छैन ।

यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेशन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यै पनि इन्ट्रिगेशनको शुल्क नलाग्ने कम्पनीले बताएकाे छ । यस अफरमा सहभागि हुन नारीहरुले तीन महिनााभित्र इसेवामा सम्पर्क गर्नुपर्नेछ ।

यसैगरी नारी दिवसको दिन अर्थात् फागुन २४ गते बुधबारको दिन नारीहरुले इसेवा मार्फत एनटिसी तथा एनसेल मोबाईलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ ।

यसको लागि ग्राहकले  टपअप गर्दा प्रोमोकोड नारी (NAARI) प्रयोग गर्नुपर्नेछ ।

Share News