काठमाडौं । आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत ईपिएस कोरिया शाखाबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार ईपिएस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ ।
नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखाले नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ । सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पे बाट भुक्तानी गर्न सक्ने छ ।