शैलेश्वरी पावर नेपालको संस्थागत परामर्शदातामा लक्ष्मी क्यापिटल मार्केट

<p>काठमाडाैं । संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट र शैलेश्वरी पावर नेपालबीच सम्झौता भएकोे छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपालको तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका छन् । शैलेश्वरी पावर नेपाल पब्लिक कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केटले प्राथमिक [&hellip;]</p>

काठमाडाैं । संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट र शैलेश्वरी पावर नेपालबीच सम्झौता भएकोे छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपालको तर्फबाट प्रबन्ध निर्देशक जगदिश बहादुर पालले हस्ताक्षर गरेका छन् ।

शैलेश्वरी पावर नेपाल पब्लिक कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केटले प्राथमिक सेयर निष्काशनको कार्य समेत गर्नेछ ।

डोटी जिल्ला पूर्वीचौकी गाउँपालिकास्थित शैलेश्वरी पावर नेपाल प्रवद्र्धक निर्माणाधिन माथिल्लो गड्डीगाड जलविद्युत आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

Share News