
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई फागुन १० गतेको परिपत्र अनुसार मात्र लाभांश प्रस्ताव गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंक लघुवित्त संस्था सुपरीक्षण विभागका कार्यकारी निर्देशन रेवतीप्रसाद नेपालले सबै लघुवित्तहरुलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएका हुन् ।
राष्ट्र बैंकले फागुन १० गते निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशतभन्दा बढी (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषमा जम्मा गर्नु पर्ने उल्लेख गरेको थियो ।