
काठमाडौं । नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन् । एसोसिएशनको २३औं कार्यसमिति चयनको लागि शनिबार भएको निर्वाचनमा पन्त निर्वाचित भएका हुन् ।
त्यस्तै कार्यसमितिको उपाध्यक्षमा अमृत गैरे, देवानन्द शाह र रोनक श्रेष्ठ निर्वाचित भएका छन् । संजिब शर्मा महासचिव, केदारप्रसाद शाह र विवेक श्रेष्ठ सचिव, गोपीनी राई कोशाध्यक्ष, निर्मलराज मरासैनी सहकोशाध्यक्ष र प्रचार सचिवमा अनिष श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यहरुमा श्रृष्टी प्रजापति, मनोज भट्टराई र शौभाग्य डंगोल निर्वाचित भएका छन् ।