काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका उद्योगी व्यवसायीका प्रतिनिधिहरुसँग वित्तीय अवस्थाको संकटका विषयमा छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री भएपछि पहिलो पटक प्रचण्डले आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाएर मुलुकको पछिल्लो वित्तीय अवस्था, चुनौती र संकटबारे छलफल सुरु गरेका हुन ।
बैठकमा मुलुकको पछिल्लो वित्तीय अवस्थाबारे छलफल हुने र समस्या पहिचान गरेर समाधानका लागि एकीकृत पहल गर्नेबारेमा केन्द्रित रहने प्रधनमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधनमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा मुख्य सचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र अर्थ मन्त्रलयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरआर्फ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल लागायतका व्यत्तिहरुको सहभागिता रहेको छ ।