काठमाडाैं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले सम्पूर्ण एसीका ग्राहकवर्गहरुलाई लक्षित गरी निस्शुल्क ए।सी। सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनेछन् । यसका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, ग्राहकले पुरानो एसीको उचित मूल्याङकनका साथ बेकोको एसीसँग साट्न सक्ने कम्पनीले बताएकाे छ ।
कम्पनीकाे अनुसार नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ । साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिरहेकाे जनाएकाे छ ।
नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारीक विक्रेता सिजी। इलेक्ट्रोनिक्स रहेको छ । सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।