निगमकै इतिहासमा दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

<p>काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमै महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमले हाल सञ्चालन गरेको एयरबस २२० (न्यारेवडी) का क्यापटेन भावना पन्त र कोपाइलट श्रृजना राउतले इतिहासमै पहिलो अन्तर्राष्ट्रिय उडान गरेका हुन् । उनिहरुले आइतबार बिहान काठमाडौं–युएईको उडान गर्दै पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिला टोली बनेको निगमका [&hellip;]</p>

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को इतिहासमै महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् ।

निगमले हाल सञ्चालन गरेको एयरबस २२० (न्यारेवडी) का क्यापटेन भावना पन्त र कोपाइलट श्रृजना राउतले इतिहासमै पहिलो अन्तर्राष्ट्रिय उडान गरेका हुन् ।

उनिहरुले आइतबार बिहान काठमाडौं–युएईको उडान गर्दै पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिला टोली बनेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन ।

‘अहिलेसम्म महिलाले अन्तर्राष्ट्रिय उडान गरेको रेकर्ड हाम्रोमा थिएन, आईतबार उहाँहरुले उडान गरेसँगै निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिला पाइटल बन्नुभएको छ’, उनले भनिन ।

Share News