बैंकविरुद्ध अराजक गतिविधि गर्नेलाई तत्काल कारवाही गर्नु : गृह मन्त्रालय

<p>काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि रोक्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई बैंक तथा वित्तीय संस्था विरुद्धका घटनाहरु रोक्न निर्देशन दिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध देशभरी आन्दोलन चर्किएको छ । व्यवसायी दुर्गा प्रसाईं लगायतका समूहले विभिन्न सभाहरुमा गएर बैंक तथा वित्तीय संस्थाका विरुद्ध बोल्दै [&hellip;]</p>

काठमाडौं । गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि रोक्न निर्देशन दिएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई बैंक तथा वित्तीय संस्था विरुद्धका घटनाहरु रोक्न निर्देशन दिएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध देशभरी आन्दोलन चर्किएको छ । व्यवसायी दुर्गा प्रसाईं लगायतका समूहले विभिन्न सभाहरुमा गएर बैंक तथा वित्तीय संस्थाका विरुद्ध बोल्दै कर्मचारीलाई कालोमोसो दल्न समेत चेतावनी दिँदै आएका छन् ।

बैंक तथा वित्तीय संस्था विरुद्धका यस्ता अराजक गतिविधि रोक्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले विकासन्युजसँग बताए । साथै, बैंक तथा वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरुमा अराजक गतिविधि गरेमा कारवाही गर्न पनि निर्देशन दिएको उनको भनाइ छ ।

‘कानुनी राज्यमा सबै कामहरु नियमसंगत हुनुपर्छ, बैंक, वित्तीय संस्था, लघुवित्त र सहकारी संस्थाहरु विरुद्ध अराजक गतिविधि भइरहेका छन्, यसलाई रोक्न जिल्ला प्रशासनलाई निर्देशन दिइएको हो,’ उनले भने, ‘यदि संस्थाका कार्यालयहरुमा अराजक गतिविधि भए कारवाही गर्न भनिएको हो ।’

Share News