मुक्तिनाथ विकास बैंकले धितोमा रहेको जग्गासहित सवारी बेच्दै

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको विरगंज र हेम्जा शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकले धितोमा राखिएको सवारी साधन र जग्गा लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।

बैंकको विरगंज र हेम्जा शाखा कार्यालयबाट कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।

बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

ऋणी प्रेम शंकर साह कलवार, जमानीकर्ता शारदा देवी कलवारीन र विकास कुमार गुप्ताले बैंकमा लिएको ऋण वापत राखिएको धितो लिलामी गर्ने भएको हो ।

बैंकले जग्गाधनी शारदा देवी कलवारीनको नाममा दर्ता रहेको विश्रामपुर ९ स्थित कित्ता नम्बर ६३५ को ०–०–३ क्षेत्रफल जग्गा र प्रेम शंकर साह कलवारको नाममा दर्ता रहेको कित्ता नम्बर १६७ को ०–११–१० र कित्ता नम्बर १३४ को ०–०–५ क्षेत्रफल भएको जग्गा बिक्री गर्ने भएको हो । बैंकले सन् २०१८ मा बनेको ना ८ ख २५०१ नम्बर र ना ८ ख २५०० नम्बरको भाडा ट्रक बिक्रीमा राखिएको हो ।

यस्तै, बैंकले हेम्जा शाखा कार्यालयबाट ऋणी भरत बहादुर बि.क.को जग्गा बिक्री गर्ने भएको हो । बैंकले बि.क.को नाममा रहेको सल्यान ७ कास्कीमा रहेको कित्ता नम्बर ८४१ को ०–९–०–० क्षेत्रफल, कित्ता नम्बर ८४७ को २–४–०–० क्षेत्रफल, उदेनढुङ्गा १ तनहुँमा रहेको कित्ता नम्बर ४२०२ को ०–०–०–१ । कित्ता नम्बर ४२०४ को ०–४–०–३ क्षेत्रफल भएको घरजग्गा बिक्रीमा राखेको हो ।

Share News