हेफेल डिजाइन स्टुडियोको नयाँ शोरुम गैरिधारामा

<p>काठमाडौं । इंटीरियर सम्बन्धी सेवामा कम्पनी युएचएस होल्डिंगले हेफेल डिजाइन स्टुडियोकाे नयाँ सोरुम सञ्चालनमा ल्याएकाे छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले काठमाडौंको गैरिधारामा हेफेल डिजाइन स्टुडियो नयाँ सोरुमको सञ्चालनमा ल्याएको हो । हेफेल सोरुमको हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक पयक स्कोलेदर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले साेरुमकाे उद्घाटन गरेका थिए । हेफेल डिजाइन स्टुडियो [&hellip;]</p>

काठमाडौं । इंटीरियर सम्बन्धी सेवामा कम्पनी युएचएस होल्डिंगले हेफेल डिजाइन स्टुडियोकाे नयाँ सोरुम सञ्चालनमा ल्याएकाे छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले काठमाडौंको गैरिधारामा हेफेल डिजाइन स्टुडियो नयाँ सोरुमको सञ्चालनमा ल्याएको हो ।

हेफेल सोरुमको हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक पयक स्कोलेदर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले साेरुमकाे उद्घाटन गरेका थिए । हेफेल डिजाइन स्टुडियो एक जर्मिन कम्पनी हाे ।

यस साेरुममा नयाँ डिजाइन इस्टूडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिंग, फर्निटर फिटिंग, डिजिटल सेक्युरीटी लाइटिंग, किचेन फिटिंग लगायत अन्य सम्बन्धित उत्पादनहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएकाे छ ।

‘हामी हेफेल जस्तो इंटीरियर सेवाको लागि अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त ब्राण्डसँग आवद्ध हुनपाउँदा हर्षित एवं गौरवान्वित छौं,’ अध्यक्ष न्यौपानेले भने,’ हेफेल डिजाइन स्टुडियो ग्राहकहरूलाई नवीनतम उत्पादनहरु प्रदान गर्दै उनीहरूको जीवनशैलीलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ,।’

युएचएस होल्डिंग बाथरुम सिलिङ्ग र रेलिङ्ग फर्निचर लगायतका इंटीरियर सम्बन्धी उत्पादनहरु बिक्री गर्दै आएको छ ।

Share News